पोखराका ५ क्याम्पस त्रिविबाट खारेजीको प्रक्रियामा
पाेखरा | असार २९, २०८०
पोखरा: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका पोखरा नगरभित्रका ५ क्याम्पस खारेजीको प्रक्रियामा रहेका छन् ।
त्रिविले पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेपछि उल्लेखित क्याम्पसहरु खारेज गरिने जनाइएको छ ।
उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र चैत २८ गते क्याम्पस तथा कलेजहरूलाई सम्बन्धन नवीकरण गर्न सूचना निकालेको थियो ।
दुईपटक सूचना जारी गर्दा पनि नवीकरण गर्न नआएकाले त्रिवि सम्बन्धन समितिको निर्णयअनुसार ती क्याम्पसहरूलाई सम्बन्धन खारेजीको कारबाही प्रक्रिया अघि बढाइएको हो ।
खारेजीमा पर्न लागेका क्याम्पसहरुमा पोखराको फलेपाटनस्थित सिद्ध पब्लिक कलेज, नदीपुरस्थित माउण्ट अन्नपूर्ण क्याम्पस, विन्ध्यवासिनी क्याम्पस रहेका छन् ।
त्यस्तै, हिमाल क्याम्पस र माउण्ट भ्याली कलेज पनि खारेजीको प्रक्रियामा रहेका छन् ।
कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न विश्वविद्यालयले सूचित गरेको छ । त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

